इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं संस्करणको मिति सार्वजनिक भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आइतबार बसेको बैठकले आगामी संस्करणको आईपीएल मार्च २१ देखि मे २५ सम्म भारतका विभिन्न सहरमा हुने निर्णय गरेको छ ।
बीसीसीआईको आईतबार बसेको बैठकले कोषाध्यक्ष र सचिव समेत नियुक्ति गरेको छ । बीसीसीआईका अनुसार सचिवमा देवजीत सैकिया र कोषाध्यक्षमा प्रभतेज सिंह भाटिया निर्विरोध रुपमा चुनिएका छन् ।
बीसीसीआई सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्ष बनेपछि सैकियाले अन्तरिम सचिवको रुपमा काम गर्दै आएका थिए ।
