अष्ट्रेलियाविरुद्ध बोर्डर-गावस्कर ट्रफीको पाँचौं तथा अन्तिम टेस्टको दोस्रो दिन सकिँदा भारतले १४५ रनको अग्रता लिएको छ ।
अष्ट्रेलियाले ९-१ को स्थितिबाट दोस्रो दिनको सुरुवात गरेको थियो । दोस्रो दिन सकिँदा अष्ट्रेलिया पहिलो इनिङ्समा सबै विकेट गुमायो । टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया १ सय ८१ रनमा समेटिएको थियो ।
अस्ट्रेलियाका लागि डेब्यु गरेका ब्यु वेबस्टरले ५७ रनमा अर्ध शतक बनाएका थिए । यसै टेस्टमा डेब्यु गरेका उनले १ सय ५ बलको सामना गर्दै ५ चौका प्रहार गरे । स्टिभ स्मिथ ३३, ओपनर साम कोन्स्ट्यास २३ तथा विकेटकिपर एलेक्स केरी २१ रनमा आउट भए ।
भारतका लागि प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले समान ३ तथा जसप्रित बुमराह र नितिश रेड्डीले समान २ विकेट लिए।
दोस्रो इनिङ्स सुरु गरेको भारत १४१-६ को स्थितिमा छ । भारतका लागि रविन्द्र जडेजा र वासिंटन सुन्दर क्रिजमा रहेका छन् ।
त्यसअघि भारतका लागि ऋषभ पन्तले सर्वाधिक ६१ रन जोडेका थिए । उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए । यसश्वी जैसवालले २२ तथा केएल राहुल र शुभमन गिल समान १३ रनमा आउट भए ।
अस्ट्रेलियाका लागि स्कट बोल्याण्डले ४ तथा कप्तान प्याट कमिंस र बेयु वेबस्टारले समान १ विकेट लिए ।
शुक्रवार सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारत १ सय ८५ रनमा अल आउट भएको थियो । पाँच खेलको टेस्ट क्रिकेट सिरिजमा अष्ट्रेलिया २-१ ले अघि रहेको छ ।
