साउदी प्रो लिगमा अल नासरले घरेलु टोली अल रैदविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।
बिहीबार राति किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा सम्पन्न खेलमा अल नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले समान एक गोल गरे । अर रैदका लागि अमिर सायुदले एक गोल फर्काए ।
खेलको ३५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई सुरुवाती अग्रता दिलाए । दोस्रो हाफको सुरुवातमा बौउशलले गोल गर्दै नासरलाई दोब्बरको अग्रता दिलाए ।
सायुदले ७६ औं मिनेटमा गोल गर्दै अल रैदलाई खेलमा फर्काउने कोसिस गरे । तर, त्यसपछि रैदले गोल गर्न नसकेपछि नासरले २-१ ले खेल जित्यो ।
यो जितपछि नासर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले १८ म्याच खेल्दा ३८ अंक जोडेको छ । पराजित अल रैद समान खेलबाट १४ अंकका साथ तालिकाको १५ औं स्थानमा छ ।
