अष्ट्रेलियन ओपन २०२५ को महिला सिंगलतर्फको उपाधि संयुक्त राज्य अमेरिकाकि म्याडिसन किजले जितेकि छिन् । विश्व वरियता क्रममा १९ औं स्थानमा रहेकि किजको यो पहिलो ग्राण्डस्ल्याम उपाधि हो ।

अष्ट्रेलियन ओपन २०२५ को फाइनलमा म्याडिसन किज र बेलारुसकि आर्यना साबलेङ्काबीच भिडन्त भएको थियो । तीन सेटसम्म चलेको फाइनल खेलमा पहिलो सेट किजले ६-३ ले जित्दै अग्रता लिएकि थिइन् ।

दोश्रो सेटमा भने साबलेङ्काले उत्कृष्ट प्रदर्शन गर्दै २-६ ले सेट आफ्नो पक्षमा पारेकि थिइन् । अन्तिम तथा निर्णायक खेल निकै प्रतिस्पर्धात्मक भएपनि बाजी भने कीजले मारिन् । किजले निर्णायक सेटमा सबालेङ्कालाई ७-५ ले पराजित गर्दै पहिलो पटक ग्राण्डस्ल्यामको उपाधि उचालेकि हुन् । फाइनल खेल २ घण्टा २ मिनेटसम्म चलेको थियो ।

२९ वर्षिय किज यो भन्दाअघि सन २०१७ मा अष्टे«लियन ओपनको फाइनलमा प्रवेश गरेकि थिइन् । तर उनी फाइनलमा पराजित भएर उपविजेतामै चित्त बुझाएकि थिइन् । किजको कुनै पनि ग्राण्डस्ल्याम टेनिसमा फाइनलमा पुगेको यो दोश्रो अवसर हो ।

यसअघि विश्व वरियता क्रमकि पहिलो स्थानमा रहेकि सबालेङ्काले सन् २०२३ र २०२४ को अष्ट्रेलियन ओपन जितेकि थिइन् । अष्ट्रेलियन ओपनमा ह्याट्रिक गर्ने दाउमा रहेकि सबालेङ्काको सपना भने पुरा हुन सकेन । यसभन्दाअघि स्वीटजरल्याण्डकि मार्टिना हिंगिसले अष्ट्रेलियन ओपनमा ह्याट्रिक गरेकि थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *