सर्बियाका स्टार टेनिस खेलाडी नोवाक जोकोभिच अष्ट्रेलियन ओपन २०२५ को सेमिफाइनवाट काहिरिएका छन् । आज शुक्रबार भएको सेमिफाइनल खेलको क्रममा जोकोभिच घाइते भएपछि उनले खेल बिचमै परित्याग गरेका हुन् ।
मेलबर्नमा भएको पहिलो सेमिफाइनलमा जोकोभिचको भिडन्त जर्मनीका एलेकजेन्डर ज्वेरेवबीच भएको थियो । निकै प्रतिस्पर्धा भएको पहिलो सेट ज्वेरेवले ७-६ ले आफ्नो पक्षमा पारेपछि जोकोभिचले वाकओभर दिएका हुन् ।
यो खेल १ घण्टा २१ मिनेटसम्म चलेको थियो । जोकोभिचले क्वार्टरफाइनलमा युवा खेलाडी कार्लोस अल्काराजले चार सेटको अन्तरमा पराजित गरेका थिए ।
जोकोभिचले वाकओभर दिएपछि ज्वेरेव अष्ट्रेलियन ओपन २०२५ को फाइनलमा प्रवेश गरेका छन् । अब ज्वेरेवले दोश्रो सेमिफाइनलका विजेता इटलीका यानिक सिनर र अमेरिका बेन शेल्टनबीच हुने विजेतासँग भिडन्त गर्नेछन् ।
अष्ट्रेलियन ओपनमा सिनरले पहिलो वरियता प्राप्त गरेका छन भने शेल्टर वरियता क्रमको २१औं स्थानमा रहेका छन् । जोकोविचले २४ ग्राण्डस्ल्यामको उपाधि जितेर कीर्तिमान बनाएका छन । यदि जोकोविचले यो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेको भए महिला तथा पुरुषमा सिङ्गलमा सवैभन्दा उपाधि जित्ने खेलाडी बन्ने थिए ।
