वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको उपाधि इटालीका यानिक सिनरले जितेका छन् ।
आइतबार अस्ट्रेलियाको मेलबर्नस्थित रोड लभेर एरिनामा भएको फाइनलमा जर्मनीका एलेसान्डर जेभरेभलाई सोझो सेटमा हराउँदै सिनरले लगातार दोस्रो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । विश्व वरीयताको शीर्ष स्थानका सिनरले दोस्रो स्थानमा आसिन जेभरेभलाई ६-३, ७-६ (७-४), ६-३ ले हराएका हुन् ।
मेलबर्नमा यी दुईबिचको फाइनल कुल दुई घण्टा ४२ मिनेटसम्म चलेको थियो । २३ वर्षीय सिनरको यो समग्रमा तेस्रो ग्रान्डस्लाम उपाधि हो । उनले गत वर्ष नै यूएस ओपनको उपाधि जितेका थिए । सिनरले सन २०१९ बाट ग्रान्डस्लाममा प्रतिस्पर्धा गर्न सुरु गरेका थिए । उनले अस्ट्रेलियन ओपन भने सन् २०२ खेल्न सुरु गरेका थिए ।
