आईसीसी यु- १९ महिला टी-२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग ९ रनले पराजित भएको छ ।

मलेसियाको कोलेज तुन्कु जाफार मैदानमा सोमबार वेष्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रनमै अलआउट भयो ।

नेपालका लागि सिमाना केसीले सर्वाधिक २३ रन बनाइन् । यस्तै, कप्तान पूजा महतो र किरण कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाए ।

वेस्टइन्डिजका लागि एलिया वेक्सले, एमिह गिलबेट र तृसा हरदतले दुई दुई विकेट लिँदा केनिका कासरले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १०९ रनको योगफल तयार पारेको थियो ।

वेस्टइन्डिजका लागि कप्तान समारा रामनाथे सर्वाधिक २५ रन बनाइन् । त्यस्तै, असाबी क्यालेन्डरले २३, जजारा क्याक्टनले २२ र एबिगेल ब्रायसले १९ रन बनाए ।

नेपालका लागि सिमाना केसी र रचना कुमारी चौधरीले एक विकेट लिए । अब नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेल १५ जनवरीमा अमेरिकासँग खेल्नेछ ।

नेपाल १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुने यु-१९ महिला टी-२० विश्वकपको समूह ‘डी’ मा छ । नेपालले १८ जनवरीमा बंगलादेशसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले २० जनवरीमा स्कटल्याण्ड र २३ जनवरी मा अस्ट्रेलियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *