आयोजक रेडहर्ष फुटबल क्लबलाई १-० ले हराउँदै चर्च व्वाइज युनाइटेड दोस्रो एनआरएनए इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

इलामको ठूलो टुंडिखेलमा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लबलाई हराउन समीर तामाङले निर्णायक गोल गरे ।

खेलको इन्जुरी समयमा छिरिङ लामाले दिएको लामो पासलाई सदुपयोग गर्दै समीरले हेडिङ मार्फत शानदार गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच चर्च व्याइजकै गोल गर्ने खेलाडी समिर तामाङ चुनिए । उनले नगद ८ हजार एक सय सहित ट्रफी प्राप्त गरे ।

दोस्रो सेमिफाइनल खेलमा बिहीबार न्युरोड टीम (एनआरटी) काठमाडौँ र झापाको रेडस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल खेल म‌ङ्सिर २९ गते शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *