विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा ब्राइट फियूचर स्कुल र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् ।

विराटनगर जुटमिल खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा ब्राइट फियूचर स्कुलले टाइब्रेकरमा पोखरीया स्कुललाई ५-४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच ब्राइट फियूचरका गणेश बहादुर मगर घोषित भए । उनले नगद १ हजार सहित मेडल प्राप्त गरे ।

सोही दिन भएको दोस्रो खेलमा मोर्डर एरा स्कुलले सेन्ट जोसेफलाई ३- १ ले पराजित गर्दै सेमिफाइलनमा पुगेको हो ।

जितको लागि मोर्डन एराको तर्फबाट आशिष राईले दुई गोल र अर्जुन कुवरले एक गोल गरे । सेन्टजोसेफको तर्फबाट सान्तवना गोल ओबेल थापाले गरे । खेलको म्यान अफ द म्याच मोर्डन एराका आशिष् राई घोषित भए ।

सेमिफाइनलका खेल शुक्रबार हुनेछन् । पहिलो सेमिफाइनल खेल मोर्डन एरा स्कुल र मेरिल्याण्ड स्कुल बिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल रेड स्टार स्कुल र ब्राइट फियूचर स्कुल बिच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *