यू-१९ मैत्रीपूर्ण फुटबल खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा नेपालले भुटानसँग बराबरी खेलेको छ ।
दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले भुटानसँग १-१ को बराबरी खेलेको हो । माथिल्लो उमेरसमूहमा नेपालले भुटानसँग पहिलो गोल खाएको हो र पहिलो बराबरी खेलेको हो ।
खेलको पहिलो हाफ गोलरहितमा सकिएको थियो ।
दोस्रो हाफको ४८ औं मिनेटमा सुशीला केसीले नेपाललाई अग्रता दिलाइन् । भुटानी डिफेन्डरको खराब क्लियरेन्सको फाइदा उठाउँदै सुशीलाले डी–बक्स एरिया बाहिरबाटै प्रहार गरेको लङ सट सिधै गोल पोस्ट चुमेको थियो ।
तर त्यो अग्रता नेपालले टिकाउन सकेन । फुन्त्सो छोदेनले ८१ औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन् ।
यसअघि यु-१६ मैत्रीपूर्ण खेलमा नेपाल भुटानसँग ५-१ गोलले पराजित भएको थियो ।
