सन्तोष गोङ्बाले ह्याट्रिक गरेपछि न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा जावलाखेल युथ क्लबमाथि पुनरागमन जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ५-२ गोलले हरायो ।
एनआरटीको जितमा सन्तोषको ह्याट्रिकसँगै इशान थापा र इशान शाहले समान एक एक गोल गरे । सातदोबाटोका लागि दुवै गोल सन्देश थोकरले गरे ।
सातदोबाटोले दुई गोलको अग्रता जोगाउन सकेन । खेलको दोस्रो मिनेटमै सन्देशले गोल गर्दै सातदोबाटोले अग्रता लिएको थियो । २६औं मिनेटमा उनलै टोलीको अग्रता दोब्बर बनाए ।
सन्तोषले ३३ औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा पुर्याए । पहिलो हाफको इन्जुरी समयमा एनआरटीकाइशान थापाले गोल गर्दै खेल बराबरीमा फर्काए ।
सन्तोषले ५८ र ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलको इन्जुरी समयमा इशान शाहले गोल गरेपछि एनआरटीले ५-२ को रोमाञ्चक जित हात पार्यो ।
जितसँगै २० खेलमा ४१ अंक जोडेको एनआरटी दोस्रो स्थानमा रहेको छ । पराजित सातदोबाटो समान खेलबाट ११ अंकाका साथ ११औं पुछारमा छ ।
