जर्मन महारथी बायर्न म्युनिखलाई पराजित गर्दै बायर लेभरकुसेन जर्मन प्रतिष्ठित प्रतियोगिता डिएफबी पोकलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार राति भएको अन्तिम १६ को खेलमा बलियो बायर्न म्युनिखलाई १–० ले पराजित गर्दै बायर लेभरकुसेन क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

म्युनिखको घरेलु मैदान एलियान्ज एरिना रंगशालामा भएको खेलमा नेटान गोलकिपर म्यानुएल निउरले १७ औं मिनेटमा रातो कार्ड खान पुग्दा बाँकी अवधी घरेलु टोली १० खेलाडीमा समेतियो । जसको भरपुर फाइदा विपक्षी टोलीले उठायो ।

दोस्रो हाफको ६९ औं मिनेटमा एलेक्स ग्रिमाल्डोको पासमा नाथान टेल्लाले गोल गर्दै लेभरकुसेनलाई १–० ले जिताए । हाररसंगै बायर्न भने प्रतियोगिताबाट बाहिरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *