नेपाल पहिलोपल्ट उमेर समूहमा भुटानसँग पराजित भएको छ ।

शुक्रवार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालको महिला यू१६ टोली भुटानको महिला यू१६ टोलीसँग ५-१ को फराकिलो गोलअन्तरले पराजित भएको हो । अहिलेसम्म उमेरसमूहमा नेपालले भुटानसँग हार बेहोर्न परेको थिएन ।

छिरिङ लामोले दुई र क्विनदेन सोनम सोज्ञालले एक गोल गर्दै भुटानलाई पहिलो हाफमा ३-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा भुटानले दुई गोल थप्यो । सोनमले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरिन् । भुटानकालागि पाँचौं गोल युगेन सोमोले पेनाल्टीमार्फत गोल गरिन् ।

खेलको अन्त्यतिर सविना तामाङले गरेको गोल नेपालका लागि सान्तोना गोल फर्काइन् ।

एन्फाले महिलाको यू१६ र यू१९ टोलीको मैत्रीपूर्ण खेल आयोजना गर्दैछ । नेपाल र भुटानका यू१९ टोलीले आइतबार खेल्नेछन् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *