सुनसरीको इनरुवा नगरपालिका-९ बबियामा सम्पन्न भएको स्थानीय स्तरको कबड्डी प्रतियोगिताको उपाधि इनरुवा टिमले हात पारेको छ ।

बबिया कबड्डी खेलकुद उपभोक्ता समितिले आयोजनामा भएको कबड्डी प्रतियोगिताको फाइनल खेलमा इनरुवाले वराहक्षेत्र नगरपालिकालाई ७२-५२ अङ्कले हरायो ।

उपाधिसँगै इनरुवालाई १५ हजार र उपविजेता वराहक्षेत्रलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको पायो बबिया कबड्डी खेलकुद उपभोक्ता समितिका कोषाध्यक्ष संजित साहले जानकारी दिनुभयो ।

Gorkhapatra Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *