ललितपुर । चर्च ब्वाइज युनाइटेडले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मनाङ मर्स्याङ्दीमाथि १-० को जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ७० औं मिनेटमा कप्तान सन्दीप ठाडामगरले चर्च ब्वाइजका लागि गोल गरेका थिए । अन्तत: सोही गोल नै निर्णायक बन्न पुग्यो । इन्जुरी समयमा सिधैं रातो कार्ड खाँदै मनाङका गोलरक्षक उदयजंग पाण्डे मैदानबाट बाहिरिनु परेको थियो ।

जितसँगै २२ खेलमा २५ अंक जोडेको चर्च ब्वाइजले आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित मनाङ समान खेलबाट २५ अंकका साथ नवौं स्थानमा रह्यो ।
आइतबारै सम्पन्न खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबविरुद्ध २-० को जित निकाल्यो ।
