ललितपुर । जावलाखेल युथ क्लबले जितका साथ ललित स्मृति एन्फा यु-१८ युथ लिगको अन्त्य गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा आइतबार भएको आफ्नो अन्तिम खेलमा सातादोबोटो युथ क्लबलाई २-० ले हराउँदै जावलाखेलले जितका साथ लिगको बिट मारेको हो ।

जावलाखेलको जितमा दुवै गोल विवस दर्लामीले गरे ।

खेलको २१औं मिनेटमा विवसको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो । ६७औं मिनेटमा दिवसले नै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा जावलाखेलले सहज जित निकाल्यो ।

जितसँगै २२ खेलमा ३० अंक जोडेको जावलाखेलले सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *