बेलबारी । मोरङको बेलबारीमा पाँचौं माघे संक्रान्ति नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नक्सलबारी फुटबल क्लब बेलबारीको आयोजना तथा नेपाल मगर संघ बेलबारी र जनज्योति क्लबको संयोजनमा हुने प्रतियोगिता पुस २३ गतेबाट माघ १ गतेसम्म संचालन हुनेछ ।
बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सलबारीको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने जनज्योति क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक बुद्ध याक्खाले बताए ।
प्रतियोगितामा डाँगीहाट फुटबल क्लब, लेटाङ फुटबल क्लब, तालतलैया एकेडेमी क्लब, सतिसाले स्पोर्टिङ क्लब, रोयल स्पोर्टिङ क्लब, इन्ट्रा क्लब, पानमारा फुटबल क्लब र आयोजक नक्सालबारी फुटबल क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार नगद प्राप्त गर्दा उपविजेताले ५१ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित खर्च ८ लाख लाग्ने र नक्साल सामुदायिक वन, सुनाखरी बहुउद्देश्यीय सहकारी संस्था लगायत विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ ।
