लेटाङ । मोरङको लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ ।
मंंगलबार भएको खेलमा केराबारी गाँउपालिकालाई ३-० ले पराजित गर्दै लेटाङ नगरपालिकाले अन्तिम चारमा स्थान सुरक्षित बनाएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो ।

लेटाङसँँगै पथरीशनिश्चरे, सुन्दरहरैंचा र कानेपोखरीले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् । बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पथरीशनिश्चरे नगरपालिकाले सुन्दरहरैंचा नगरपालिकाको सामना गर्नेछ ।
प्रस्तावित बुद्ध रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा केराबारीलाई जित दिलाउन अभिषेक लिम्बू, सौगात राई, सन्दीप मगर र अनिस श्रेष्ठले समान एक-एक गोल गरे ।
