काठमाडौँ । पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेल फेब्रुअरी १९ मा पाकिस्तान र न्युजिल्यान्डबिच हुनेछ ।

भारतका खेल भने दुबईमा हुनेछ । ट्रफीको सेमिफाइनल मार्च ४ र ५ मा हुनेछ । मार्च ९ मा हुने फाइनल खेल पाकिस्तान र दुबई मध्ये एक ठाउँमा हुनेछ । भारत फाइनलमा पुगे फाइनल खेल दुबई र नपुगे पाकिस्तानमा हुनेछ ।

समूह एमा आयोजक पाकिस्तानसँगै भारत, बाङ्‌लादेश र न्युजिल्यान्ड र समूह बीमा अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *