काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको नेपाल फुटबल प्रशिक्षक संघको पहिलो साधारणसभा आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ‌ले गरेका थिए। एन्फा महासचिव तथा विशेष अतिथि किरण राई, केन्द्रीय सदस्य सरिला श्रेष्ठ मलेकु लगायत एन्फा तथा संघसँग आवद्ध पदाधिकारी र प्रशिक्षकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईले प्रशिक्षक संघको विकासमा महत्वपूर्ण योगदान पुऱ्याउने प्रशिक्षकहरूलाई सम्मानपत्र प्रदान गरेका थिए ।

साधारण सभाले नयाँ साधारण सदस्यता वितरण गर्ने, प्रशिक्षकहरूको अक्षयकोष स्थापना गर्ने, प्रशिक्षक संघसँग आवद्ध प्रशिक्षकहरू तथा उनीहरूका परिवारको बीमा गर्ने लगायतका विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *