कीर्तिपुरस्थित टियू मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि आज बोलपत्र आह्वान गरेको हो ।

यसअघि २ पटक फ्लडलाइट निर्माणका लागि बोलपत्र आव्हान गरिएको थियो। कुनै पनि कम्पनीले निवेदन नहालेपछि दुवै पटक बोलपत्र रद्द गरिएको थियो।

बोलपत्रमा प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत तोकिएको छ ।

आगामी माघ ६ गते दिउँसो १२:३० बजेसम्म प्यारापिटका लागि २० र फ्लडलाइटका १० हजार रुपैयाँ तिरेर बोलपत्र हाल्न सकिने छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटममै फ्लडलाइट जडानका लागि १० करोड छुट्याइएको थियो। तर, रकम खर्च हुन सकेको थिएन । यो आर्थिक वर्षमा फ्लडलाइटका लागि २० करोड विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *