भारतको कोलकत्तामा सम्पन्न इन्डो नेपाल मार्सल आर्ट तथा कराते खुल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा २०२४ मा नेपालले स्वर्णपदक जितेको छ ।

नेपालको तर्फबाट प्रतिनिधित्व गरेका राजेन्द्र कलौनीले कराते ९५ केजी तौल समूहबाट नेपाललाई स्वर्णपदक दिलाएका हुन् ।

स्वर्णधारी कलौनीले नेपालको राष्ट्रिय झण्डा अन्तर्राष्ट्रिय जगतमा फहराई देशको गौरव उच्च बनेकोमा खुसी व्यक्त गर्नुभयो । कलौनी नेपाल लोकतान्त्रिक खेलकुद संघका बैतडीका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

उहाँले यसअघि दक्षिण एसियाली खेलकुद सार्कमा पनि स्वर्णपदक दिलाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *