दावा गुरुङ एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा निर्वाचित भएका छन् ।

सिंगापुरमा आइतबार सम्पन्न भएको विशेष अधिवेशनबाट नेपाल सितोरियो कराते संघका अध्यक्ष पनि रहेका गुरुङ निर्वाचित भए ।

अधिवेशमा सहभागी २८ राष्ट्रबाट खेलेको २३ मध्ये गुरुङले १८ मत प्राप्त गरेको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्रबहादुर खपांगी ‘इश्वर’ ले जानकारी गराए ।

गुरुङका प्रत्यासी फिलिपिन्सका उम्मेदवारले आठ मत प्राप्त गरेका थिए ।

अधिवेशन अघि सम्पन्न १६औं एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले दुई स्वर्ण, दुई रजत र पाँच कास्यसहित ९ पदक प्राप्त गरेको थियो । नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *