विराटनगर | विराटनगर फुटसल लिगको उपाधिका लागि स्टार बोइज एफसी र एबी ५ एफसी भिड्ने भएका छन् ।

सोमबार विराटनगरस्थित जेएनएल फुटसलमा भएको क्वालिफायर खेलमा अपटाउन एफसीलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै स्टार बोइज एफसी फाइनलको यात्रा तय गरेको हो ।

स्टार बोइज एफसीका खेलाडीहरूले सुरुदेखि नै आक्रमक खेल प्रस्तुत गर्दै अपटाउन एफसीलाई दबाबमा राखे । पहिलो हाफमा २-० ले अगाडि रहेको स्टार बोइजले दोस्रो हाफमा थप दुई गोल थप्यो । अपटाउन एफसीले भने खेलको अन्तिम समयमा सान्त्वना गोल गर्न सफल भयो ।

एबी ५ एफसी यश अघिनै लिग चरणमा शतप्रतिशत जित निकाल्दै फाइनलमा पुगिसकेको छ । एबी ५ एफसी र स्टार बोइज एफसीबीच हुने फाइनल खेल मंगलबार साँँझ ६ बजे सुरु हुनेछ ।

आयोजकका अनुसार बिजेता टिमले ४० हजार र उपबिजेता २० हजारले पाउने छन् । प्रतियोगितामा विराटनगरका विभिन्न ६ वटा क्लब सहभागी थिए ।

विराटनगर फुटसल लिगले स्थानीय फुटबलको विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । यस लिगले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न मात्र नभई खेलकुद क्षेत्रमै भविष्य बनाउने प्रेरणा पनि दिएको छ ।

स्थानीय दर्शकहरूको ठुलो समर्थनले लिगलाई अझ प्रभावकारी बनाएको छ । आयोजक विराटनगर सिटि फुटबल क्लबले भविष्यमा पनि यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरेर फुटबलको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *