स्पेनिस ला लिगामा आइतबार लिग लिडर बार्सिलोना घरेलु मैदानमै लेगानेससँग पराजित भएको छ ।

बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । खेलको सुरुआतमै सर्जियो गोन्जालेजले गरेको एकमात्र गोल लेगानेसलाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको चौथो मिनेटमै ओस्कार रोड्रिगेजको पासलाई पोस्टको दिशा दिए ।

अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । ६९ औं मिनेटमा अलेक्सान्द्र सोरलोथले गरेको गोलमा एट्लेटिकोले जित निकालेको हो ।

१८ खेलमा ३८ अंकसहित बार्सिलोना शीर्ष स्थानमा कायम छ । एक खेल कम खेलेको एट्लेटिको ३८ अंक सहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियलको ३७ अंक छ ।

ला लिगामा आइतवार अन्य खेलमा रियाल बेटिसले भियारियाललाई २-१ ले पराजित गर्यो । डेपोर्टिभो अलाभेस र एथ्लेटिक क्लबले १-१ तथा रियाल सोसिडाड र लस पल्मसले गोलरहित बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *