स्पेनिस महारथी बार्सिलोना ला लिगामा रियल बेटिससंग बराबरीमा रोकिएको छ ।

सनिवार राति भएको खेलमा लिग लिडर बार्सिलोना रियल बेटिससंग २-२ को बराबरीमा रोकिएको हो ।

बेटिसको घरेलु मैदान बेनिटो भिल्लामरिन रंगशालामा भएको खेलमा बार्सिलोना अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोक्न पुग्यो

पहिलो हाफको ३९ औं मिनेटमा जुलेस कौन्डेको पासमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दा भ्रमणकारी टोली १-० ले अघि बढ्यो ।

तर, दोस्रो हाफको ६८ औं मिनेटमा जियोभानी लो सेल्सोले पेनाल्टीमा घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १-१ को बराबरीमा आयो ।

यता, ८२ औं मिनेटमा लामिन यामलको पासाम फेरान टोरेसले गोल गर्दा क्याटलना टोली पुनः २–१ ले अघि बढ्यो । तर, खेलको इन्जुरी समयको चौथौं मिनेटमा ऐटर रुइबलको पासमा असाने डियाओले बेटिसका लागि गोल फर्काउँदा खेल २-२ को बराबरीमा सकियो ।

बराबरीसंगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १७ खेलबाट ३८ अंक जोडेको छ । घरेलु टोली बेटिसको भने १६ खेलमा २१ अंक जोडेर तालिकाको ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *