स्पेनिस महारथी रियल मड्रिडले ला लिगामा जिरोनामाथि सहज जित निकालेको छ ।

सनिवार राति भएको खेलमा साविक विजेता समेत रहेको रियल मड्रिडले जिरोनामाथि ३-० को सहज जित निकालेको हो ।

जिरोनाको घरेलु मैदान म्युनिसिपल दि मोन्टिलिभी रंगशालामा भएको खेलमा भ्रमणकारी टोली मड्रिडलाई जिताउन जुधे बेलिङघम, अर्डा गुलेर र केलियन एम्बाप्पेले गोल गरे ।

पहिलो हाफको ३६ औं मिनेटमा बेलिङघमको गोलमार्फत् भ्रमणकारी टोलीले सुरुवाती अग्रता लियो । त्यसपछि दोस्रो हाफको ५५ औं मिनेटमा बेलिङघमकै पासमा गुलेरले गोल थप्दा साविक विजेता टोली २-० ले अघि बढ्यो ।

यता, ६२ औं मिनेटमा लुका मोड्रिचको पासमा एम्बाप्पेले गोल थप्दा मड्रिड ३-० ले विजयी भयो । सहज जितसंगै मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासंग अंक दुरी २ अंकमा छोट्याएको छ ।

मड्रिडले १६ खेलबाट ३६ अंक जोड्‌दै लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । यता, मड्रिडको तुलनामा एक खेल बढी खेलेको बार्सिलोनाको भने ३८ अंक रहेको छ । पराजित जिरोनाको भने १६ खेलमा २२ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *