स्पेनिस ला लिगामा केलियन एम्बाप्पेले पेनाल्टी चुकाउँदा रियाल मड्रिड एथ्लेटिको क्लबसँग २-१ ले पराजित भएको हो ।

बुधबार राति भएको खेलमा तीनै गोल दोस्रो हाफमा भएको हो । घरेलु टोली एथ्लेटिकोको जितमा एलेक्स बेरेन्गुए र गोर्का गुरुजेताले गोल गरेका हुन् । रियालको लागि जुड वेलिंघमले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३ औं मिनेटमा बेरेनगुएरले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए

यता, ६८ औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टी चुकाउँदा मड्रिड खेलमा फर्किन सकेन । तर, खेलको ७८ औं मिनेटमा बेलिङघमले गोल फर्काउँदा खेल १-१ को बराबरीमा आयो ।

त्यसको दुई मिनेटपछि नै गुरुजेटाले गोल गर्दा एट्लेटिक क्लब २-१ ले विजयी भयो ।

हारपछि रियालले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाउने अवसर चुकायो । रियालको १५ खेलबाट ३३ अंक छ । बार्सिलोना ३७ अंकसहित शीर्ष स्थानमा यथावत छ । एथ्लेटिको २९ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *