सुनसरी । राष्ट्रिय उच्च मावि क्रिकेट च्याम्पियनसिपको लागि कोशी प्रदेश छनोट सुरु भएको छ ।

इटहरीस्थित जनता क्रिकेट मैदानमा सोमबार सुरु भएको प्रतियोगितामा इटहरीको सुष्मा गोदावरी र दमकको आस्था कलेजले विजयी सुरुवात गरेको छ ।

सोमबार भएको पहिलो खेलमा सुष्मा गोदावरीले कस्तुरी कलेजमाथि १ रनको रोमाञ्चक जीत हात पारेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सुष्माले निर्धारित १० ओभरमा ७ विकेट गमाउदै ७८ रन बनाएको थियो । ७९ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको कस्तुरीले ५ विकेटको क्षतिमा ७७ रन मात्र बनाउन सक्यो ।

दोस्रो खेलमा आस्था कलेजले इटहरी नमुना कलेजलाई ५२ रनले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको आस्थाले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको इटहरी नमुना ९ विकेट गुमाउँदै ६५ रनमा सीमित भयो ।

म्गलबारसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका बिभिन्न जिल्लाबाट छनौट भएर आएका ६ वटा कजेजहरुको सहभागिता रहेको छ । प्रादेशिक विजेता टोलीले काठमाडौँमा माघ ९ देखी १२ गतेसम्म हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ ।

हाइपयेती इभेन्ट र ई-प्लानेट एजुकेसन कन्सल्टेन्सीको संयुक्त आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा सात वटै प्रदेशबाट छानिएका टोलीहरू र आयोजक गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका खेलहरू टी-टेन फर्म्याटमा हुनेछ । हरेक प्रदेशका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *