आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलम वेस्ट ह्याम युनाइटेडलाई ५-२ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।
शनिबार राती वेस्ट ह्यामको घरेलु मैदानमा ओलम्पिक स्टेडियममा भएको खेलमा सबै सात गोल पहिलो हाफमा भयो ।
आर्सनलको जितमा बुकायो साका, ग्याब्रियल, लियान्ड्रो ट्रोसार्ड, मार्टिन ओडेगार्ड र काई हाभर्जले समान १-१ गोल गरे । पराजित वेस्ट ह्यामका लागि आरोन बिसाका र एमर्सनले समान १-१ गोल फर्काए ।
यो जितसँगै आर्सनलले लिभरपुलसँगको अंक दूरी घटाएको छ । आर्सनलले १३ खेलबाट २५ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थामा उक्लिएको छ ।
शीर्ष स्थानमा रहेको लिभरपुलको १२ खेलबाट ३१ अंक छ । पराजित वेस्टह्याम भने १५ अंक सहित १४ औं स्थानमा छ ।
