जर्मन बुडेसलिगा अन्तर्गत गए राती भएको खेलमा शिर्ष स्थानको बायर्न म्युनिख हारबाट जोगिएको छ ।
शनिवार राति डर्टमण्डको घरेलु मैदान सिग्नल इडुना पार्क रंगशालामा भएको खेलमा बायर्न म्युनिख र बुरुसिया डर्टमण्डले १-१ को बराबरी खेलेका हुन् ।
डर्टमण्डको लागि जेमी गिट्टन्सले गोल गर्दा बायर्नका लागि जमाल मुसियालाले गोल फर्काए ।
पहिलो हाफको २७ औं मिनेटमा गिट्टन्सले गोल गर्दै डर्टमण्डलाई १-० ले अघि बढाए ।
तर, दोस्रो हाफको ८५ औं मिनेटमा माइकल ओस्लेको पासमा मुसियालाले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।
बराबरीसँगै बायर्न १२ खेलबाट ३० अंक जोडेर तालिकाको शिर्ष स्थानमा कायम छ । समान १२ खेलबाट डर्टमण्डले भने २० अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ ।
शनिबार राती भएको अन्य खेलको नतिजा :
वेरडर ब्रेमन २-२ स्टुगार्ट
वायर लिभरकुसेन २-१ युनियन बर्लिन
उल्भसबर्ग ५-१ आरबी लाइपजिग
फ्रेइबर्ग ३-१ बोरुसिया मोनचेनग्लेडब्याक
अग्सबर्ग १-० बोकुम
