म्यानचेस्टर सिटीले प्रिमियर लिगमा नटिङघम फोरेस्टमाथि स्पष्ट जित निकालेको छ ।

बुधवार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले नटिङघम फोरेस्टमाथि ३-० को स्पष्ट जित निकालेको हो ।

सिटीको घरेलु मैदान इटिहाद स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन बेनार्डो सिल्भा, केभिन डि ब्रएना र जेरेमी डोकुले गोल गरे ।

खेल सुरु भएको आठौं मिनेटमा डि ब्रएनाको पासमा सिल्भाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ३१ औं मिनेटमा डोकुको पासमा डि ब्रुएनाले गोल थप्दा साविक विजेता टोली २-० ले अघि बढ्यो । यता, दोस्रो हाफको ५७ औं मिनेटमा इर्लिङ हालान्डको पासमा डोकुले गोल गर्दा सिटी ३-० ले विजयी भयो ।

लगातर ७ खेलमा जित निकाल्न नसकेको सिटीले यो जितसंगै राहत पाएको छ । सिटीले १४ खेलबाट २६ अंक जोडेर लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ । पराजित फोरेस्टको भने समान १४ खेलमा २२ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ ।

गयराति नै भएको अर्को खेलमा लिभरपूलले न्युक्यासल युनाइटेडसंग ३-३ को बराबरीमा रोकिएको छ ।

न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्क रंगशालामा भएको खेलमा घरेलु टोलीका लगि एलेक्जान्डर इसाक, एन्टोनी गोर्डन र फाबियान स्वारले गोल गर्दा लिभरपूलका लागि भने मोहम्मद सलाहले दुई तथा कर्टिस जोन्सले एक गोल गरे ।

खेल बराबरीमा सकिएसंगै लिग लिडर लिभरपूलले १४ खेलबाट ३५ अंक जोडेको छ । न्युक्यासलले भने समान १४ खेलमा २० अंक जोडेर लिग तालिकाको १० औं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *