प्रिमियर लिगमा टोटनहम हटस्पर एएफसी बर्नमाउथसंग स्तब्ध बनेको छ ।

विहिवार राति भएको खेलमा बलियो टोटनहम हटस्पर तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी एएफसी बर्नमाउथसंग १-० ले स्तब्ध बनेको हो ।

बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन डिन हुइज्सेनले निर्णायक गोल गरे ।

खेल सुरु भएको १७ औं मिनेटमा मार्कुस टाभेरनियरको पासमा हुइज्सेनले गरेको गोल निर्णायक बन्न पुग्दा बर्नमाउथले खेल १-० ले जित्यो ।

महत्वपूर्ण जितसंगै बर्नमाउथले १४ खेलबाट २१ अंक जोडेर लिग तालिकाको ९ औं स्थानमा उक्लिएको छ ।

पराजित स्पर्सले भने समान १४ खेलमा २० अंकसहित १० औं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *