इङ्ग्लिस प्रिमियर लिगमा खेलको अन्तिम समय तिर डिएगो जोटाले गोल गर्दा लिभरपुल हारबाट जोगिएको छ । शनिबार राती भएको खेलमा लिभरपुलले फुलहमसँग २-२ को बराबरी खेलेको हो ।
यो नतिजासँगै १६ खेलमा ३६ अंक जोडेको लिभरपुल शीर्षस्थानमा कायमा छ । फुलमह १६ खेलबाट २४ अंकका साथ नवौं स्थानमा छ ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो र डियागो जोटाले गोल गरे । फुलहमका लागि आन्द्रेस परेरा र रोड्रिगो मुनिजले गोल गरे ।
खेलको ११औं मिनेटमा परेराको गोलमार्फत फुलहमले अग्रता लिएको थियो । १७ औं मिनेटमा एन्ड्रियु रोबर्टसनले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।
दोस्रो हाफको सुरुआतमै गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए । ७६औं मिनेटमा मुनिजले गोल गर्दा फुलहम २१ ले अगाडि बढ्यो ।
निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा जोटाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।
शनिबारै सम्पन्न अन्य खेलमा आर्सनल एभर्टनसँग गोलरहित बराबरीमा रोकियो ।
यसैगरी इप्सवीच टाउनले उल्भरह्याम्पटन र नटिङघम फरेस्टले एस्टन भिल्लालाई समान २-१ तथा न्युक्यासल युनाइटेडले लेस्टरसिटिलाई ४-० ले पराजित गरे ।
