काठमाडौं सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपका लागि हेल्प नेपाल र गण्डकी प्रदेशको टोली घोषणा भएको छ ।

आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

हेल्प नेपालले र गण्डकी प्रदेशले खोमप्रसाद पाण्डे ‘हरि’ कप्तानी १४ सदस्यीय टोली घोषणा गरे । हेल्प नेपालले पाकिस्तान तथा गण्डकीले भारतका तीन खेलाडीलाई समेटेका छन् ।

हेल्प नेपालको मुख्य प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा अमृत केसी छन् । यता गण्डकीले रमेश केसीलाई मुख्य तथा शंकर गुरुङ र उत्तम थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

मंसिर २२ देखि २९ गतेसम्म हुने प्रतियोगितामा हेल्प नेपाल गण्डकीसँगै भारतको क्यालिकट, माल्दिभ्सको एचडिसी र इरानको चादौरा मालो क्लबको सहभागिता रहनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा कूल १४ खेल हुनेछन् । लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

हेल्प नेपालको टोली
टोपबहादुर थापा ‘दीपक’ (कप्तान), मजर अली, मुवासर राजा किङ, रविन चन्दठकुरी, धनबहादुर भट्ट, सन्जुविक्रम शाह (उप-कप्तान) सफल विक, दुर्गाबहादुर खड्का, अदनान खान, सुरेन्द्र बम ठकुरी, मनिष मानन्धर, सुवास कुँवर, चिरन खड्का, भीमबहादुर गाहा

गण्डकीको टोली
खोमप्रसाद पाण्डे ‘हरि’ (कप्तान), रवि केसी, सरोज बर्देवा, साहिल कुमार, हिमांशु त्यागी, विवश आले, दुर्गाप्रसाद महतो, राजन थापा, हिमाल सुनारी, हरिबहादुर अधिकारी, इन्द्रबहादुर विक प्रिन्स, कुन्जन शाहीठकुरी, इश्वर थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *