नेपालमा आयोजना हुने सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ ।

आयोजनक नेपाल भलिबल संघ (एनभीए) ले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे ।

प्रतियोगितामा नेपालका २ सहित ५ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट गत संस्करणको एनभीए लिग विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र उपविजेता गण्डकी प्रदेशले यो प्रतियोगिता खेल्दै छन् ।

यसैगरी अन्य ३ क्लबमा ईरानको चादौर मालो क्लब, भारतको कालिकट हिरोज र माल्दिभ्सको एचडीसी क्लब रहेका छन्। प्रतियोगिताका लागि माल्दिभ्सको टोली आज नेपाल आउदै गरेको र बाकी दुई टोली बिहीबार नेपाल आइपुग्ने नेपाल भलिबल संघले जनाएको छ ।

काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको हो । नेपालले यस वर्ष आयोजना गर्न लागेको काभाको यो दोश्रो प्रतियोगिता हो। यसअघि नेपालले काभा महिला नेसन्स लिग आयोजना गरेको थियो ।

काठमाडौंको त्रिपुरेश्वतरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा यहि मंसिर २२ देखि २९ गतेसम्म आयोजना हुने प्रतियोगिता संचालनका लागि करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

संघले प्रतियोगिता आयोजनाका लागि रोखपबाट २५ लाख अनुदान प्राप्त गर्नेछ । ५ टोलीबीच राउण्ड रोविन लिगको आधारमा प्रतियोगिताका खेलहरु हने र शीर्ष ४ टोलीले सेमिफाइनल खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *