कोशी र सुदूरपश्चिम प्रदेश नरेश श्रेष्ठ मेमोरियल पुरुष यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएका छन्।

बिहीबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिले मधेश प्रदेशलाई ११ रनले पराजित गरेको छ।

टस हारेर ब्याटिङ गरेको निर्धारित सुदूरले ५० ओभरको खेलमा ४२ ओभरमा सबै विकेट गुमाई ११९ रनको झिनो योगफल बनायो। सुदूरका नरेन भट्टले नटआउट ४४ रन बनाउँदा युवराज खत्रीले २५ रनको योगदान दिए। मधेशका अफ्रुदिन रैनले ४ विकेट लिंदा रञ्जित कुमारको नाममा ३ विकेट रह्यो।

१२० रनको झिनो लक्ष्य पाएको मधेशले ४३.४ बलमा सबै विकेट गुमाई १०८ रनमा सीमित हुन पुग्यो। मधेशका मयन यादवले सर्वाधिक ४७ रनको योगदान दिए। सुदूरका प्लेयर अफ द म्याच नरेन साउदले ४ विकेट दिए। उनले १० ओभरमा ७ मेडन ओभर गर्दै ४ रन दिए।

सुदूरले खेलेको ४ खेलमा ३ मा जित हात पार्दै ६ अंकका साथ दोस्रो स्थानमा यथावत् रहेको छ भने मधेशले खेलेको ४ खेलमा २ मा जित र २ मा पराजित चौथो स्थानमा झरेको छ।

त्यसै गरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा कोशीले कर्णाली प्रदेशलाई ११८ रनले पराजित गरेको छ। प्रतियोगितामा कोशीको पहिलो जित हो। टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित ५० ओभरको खेलमा ४८.३ बलमा सबै विकेट गुमाई २०३ रन बनायो।

कोशीका प्लेयर अफ द म्याच सोनु अन्सारीले ८९ रन बनाउँदा इस्टन रिजालले २३ रन र आशिष मगरले २१ रन बनाए। कर्णालीका अरविन्द घर्तीले सर्वाधिक ४ विकेट लिए।

२०४ रनको विजयी लक्ष्य पाएको कर्णालीले २५.१ बलमा सबै विकेट गुमाउँदै ८५ रन सीमित भयो। कर्णालीका अरविन्दले २१ रन बनाउँदा कमल विष्टले १७ रनको योगदान दिए। कोशीका प्रेम कामतले ३ विकेट लिँदा आशिष मगरले पनि ३ विकेट दिए।

कोशीले खेलेको ४ खेलमा १ खेलमा जित र ३ खेलमा पराजित हुँदै २ अंकका साथ छैठौं स्थान रहेको छ भने कर्णालीले खेलेको ३ खेलमा जितविहीन हुँदै पुछारमा रहेको छ।

शनिबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कोशी र बागमती प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा लुम्बिनी र गण्डकी प्रदेशबीच खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *