इङल्याण्डमाथि नेपालको शानदार जित

२०८१, १६ कार्तिक शुक्रबार ०८:१५

नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा इङ्‌ल्यान्डविरुद्ध ६ विकेटको सानदार जित निकालेको छ।

शुक्रबार मिसन रोड क्रिकेट मैदानमा इङ्ल्यान्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।

नेपालका लागि आक्रमक ब्याटिङ गरेका कप्तान सन्दीप जोराले १७ बलमा आठ छक्का र पाँच चौकाको मद्दतले अविजित ७१ रनको योगदान गरे । यसैगरी लोकश बम २० रनमा अविजित रहे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्‌ल्यान्डले ५.५ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो ।

इङ्‌ल्यान्डका लागि रवि बोपराले १२ बलमा सात छक्का र एक चौकाको मद्दतले ४९ रन बनाए । यसैगरी समिट पटेलले ३९ रन जोडे ।

नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई तथा नारायण जोशी र लोकेश बमको समान एक विकेट लिए ।

अब नेपालले शनिबार अस्ट्रेलियाको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *