विश्व नम्बर एक इटालियन स्टार यानिस सिनर एटिपी फाइनल्सको पुरुष एकलतर्फ च्याम्पियन बनेका छन् ।

टुरिनस्थित सेन्ट्रल कोर्टमा सम्पन्न फाइनलमा सिनरले चौथो वरियताका अमेरिकी खेलाडी टाइलर फ्रिट्जरमाथि ६-४, ६-४ को जित निकाले ।

सिनरको यो पहिलो एटिपी फाइनल्स उपाधि हो । यससँगै सिनर यो प्रतियोगिताको उपाधि जित्ने पहिलो इटालियन खेलाडी बनेका छन् ।

‘इटालीमा मेरो यो पहिलो उपाधि हो र यसले धेरै अर्थ राख्छ,’ सिनर भने, ‘मेरा लागि यो उच्चस्तरको प्रतियोगिता थियो। त्यसैले च्यम्पियन बन्दा निकै खुसी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *