जेम्स म्याडिसनको दुई गोलमा टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीलाई ४-० ले पराजित गरेको छ ।

सिटीको यो लगातार पाँचौँ हार हो । सन् २००६ यता सिटी लगातार पाँच खेलमा पराजित रहेको यो पहिलो पटक हो ।

पहिलो हाफमै म्याडिसनले दुई गेल गरेपछि पेड्रो पेरोले टोटनहमका लागि दोस्रो गोल थपे । त्यसपछि ब्रेनन जोन्सनले इन्ज्युरी समयमा चौथो गोल गरे । यस नतिजासँगै घरेलु मैदान इतिहाडमा पेप ग्वार्डिओलाको सिटीको ५२ खेलको अपराजित यात्रा पनि टुंगेको छ ।

यो नतिजाका बाबजुद सिटी २३ अंकमा अझै दोस्रो स्थानमा छ र यो शीर्षमा रहेको लिभरपुलसँग पाँच अंकको दूरी हो । चेल्सी, आर्सनल र ब्राइटन समान २२ अंकमा शीर्ष पाँच भित्र छन् ।

शनिबारका अन्य खेलमा चेल्सीले लेस्टर सिटीलाई २- १, आर्सनलले नटिङघम फरेस्टलाई ३-०, ब्राइटनले बर्नमाउथलाई २-१ र उल्भ्सले फुलहमलाई ४–१ ले हरायो । एस्टन भिल्ला र क्रिस्टल प्यालेसले २-२ तथा एभरटन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *