पथरी ११ फुटबल क्लबले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुलाई सम्मान गरेको छ ।
साफ च्याम्पियनसिपमा नेपाललाई उपबिजेता बनाउन महत्वपूर्ण भुमीका खेलेको भन्दै सरुको गृहनगरमा नगद सहित सम्मान गरिएको हो ।
पथरी ११ फुटबल क्लबले नगद २५ हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । सम्मान कार्यक्रममा पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन बिक र सचिव केशर राईले नगद र सम्मानपत्र प्रदान गरेका हुन ।
मिडफिल्डर लिम्बु पथरीशनिश्चरे नगरकी स्थाई बासिन्दा हुन् ।
