साडियो मानेको एक मात्र गोलको मद्दतमा अल नासरले साउदी प्रो लिगमा अल रियादलाई पराजित गरेको छ ।
शुक्रबार राती भएको खेलमा अल नासरले घरेलु टोली अल रियादलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरकालागि साडियो मानेले ४१औं मिनेटमा निर्णायक गोल गरे ।
जितपछि अल नासरले १० खेलबाट २२ अंक जोडेको छ । अल नासर हाल लिगको तेस्रो स्थानमा छ । पराजित अल रियाद समान खेलमा १४ अंकसहित सातौं स्थानमा छ ।
