नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आबद्ध अभान्ट ग्वेन्ग्याम्पले फ्रान्सेली प्रिमियर लिगमा लगातार फराकिलो हार बेहोरेको छ।

रौडौरो स्टेडियमा शुक्रबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन तथा आठ पल्टको युइएफए महिला च्याम्पियन लिग विजेता लियोनसँग घरेलु टोली ग्वेन्ग्याम्प ८-० ले पराजित भएको हो ।

ग्वेन्ग्याम्पको लिगमा लगातार यो दोस्रो ठूलो हार हो । यसअघि गत आइतबार भएको खेलमा ग्वेन्ग्याम्प घरेलु टोली मोन्टपेलियरसँग ग्वेन्ग्याम्प ७-० ले पराजित भएको थियो । लिगमा ग्वेन्ग्याम्पको यो छैटौं हार हो । ७ खेल खेलेको ग्वेन्ग्याम्पले एक जित निकाल्दै तीन अंकसहित पुछारमा छ ।

अपराजित लियोन भने समान खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा छ । लियोनको जितमा तबिता चाविङ्गाले ह्याट्रिक गरिन् । भेनेसा गिल्स, ड्यानिएल भ्यान डे डोन्क, मेल्चिइ डुमोरने, माइलिने मेन्डी र अमल माजरीले समान एक गोल थपे ।

सावित्रा सुरुआती ११ मै मैदान उत्रिएकी थिइन् । ६१औं मिनेटमा उनी मैदानबाट बाहिरिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *