बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा तीन अंकको स्प्रष्ट अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नले युनियन बर्लिनलाई ३-० ले पराजित गर्यो ।

बायर्नको जितमा ह्यारी केनले दुई गोल गरेका थिए । एक गोल किङस्ले कोम्यानको नाममा रह्यो ।

भिन्सेन्ट कोम्पनीको प्रशिक्षणमा रहेको बायर्नलाई केनले पेनाल्टीमार्फत १५औं मिनेटमा अग्रता दिलाएका थिए । कोम्यानले ४३औं मिनेटमा दोस्रो गोल गरेपछि पहिलो हाफमै टोली २-० ले अगाडी बढ्यो । कोम्यानकै पासमा केनले ५१औं मिनेटमा तेस्रो गोल गरेका हुन् ।

जितसँगै बार्यनले ९ खेलबाट ७ मा जित निकाल्दै २३ अंक जोडेको छ । दोस्रो स्थानको आरबी लाइपजिगको २० अंक रह्यो । साविक विजेता बायर लेभरकुसेन भने १६ अंकसहित चौथो स्थानमा छ । बायर्नसँग पराजित बर्लिन १५ अंकसहित सातौं स्थानमा रह्यो ।

राति नै भएको खेलमा बायर लेभरकुसेन भिएफबी स्टुटगार्डसँग गोलरहित बराबरीमा रोकियो । बोरुसिया डर्टमन्डले लाइपजिगलाई २-१ ले पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *