टर्किस क्लब फेनेरबाहेस स्पोर्ट्स क्लबका प्रशिक्षक जोसे मोरिन्होलाई एक खेलको प्रतिबन्ध लागेको छ ।
टर्किस फुटबल फेडेरेसनलको अनुशासनात्मक बोर्डले मोरिन्होलाई रेफ्री र अन्य म्याच अफिसियलको निष्पक्षतामाथि प्रश्न उठाएको भन्दै एक खेलमा प्रतिबन्ध लगाएको छ भने २६ हजार अमेरिकी डलर भन्दाबढी जरिवाना गरेको छ ।
यो प्रतिबन्धसँगै माउरिन्होलाई एक खेलमा ड्रेसिङ रुम र टचलाइनमा जान प्रतिबन्ध लगाइएको छ ।
आइतबार भएको टर्किस लिगको ट्राबजोनस्पोरविरुद्धको खेल फेनेरबाहेसले ३-२ ले जितेको थियो ।
