नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु-१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत – सर्किट वानको गल्स सिंगल्समा बिहीबार पहिलो भएका छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा शिभालीले बंगलादेशी हुमीराह हैदरलाई ६-२ र ६-० को सोझो सेटमा पराजित गरिन् ।

शिभालीको यो दोश्रो स्वर्ण हो । यसअघि शिभाली र माल्दिभ्सकी अइसथ करिन सइजनको जोडी गल्स डबल्समा पहिलो भएका थिए । नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा भारतका अभी अग्रवाल र तनिस नन्दाको जोडी पहिलो बने ।

उक्त जोडीले फाइनलमा भारतका हर्ष मर्वाहा र बंगलादेशका मोहम्मद रकिन रहमानको जोडीलाई ७-६ र ६-३ को सोझो सेटमा हराए । ब्वाइज सिंगल्समा पनि तनिश फाइनलमा पुगेका छन् ।

सेमिफाइनलमा उनले नेपालका वृजेश अर्याललाई ३-६, ६-१ र ६-२ ले पन्छ्याउदै भारतकै अभी अग्रवालसंग फाइनल भेट पक्का गरे । अर्को सेमिफाइनलमा अभीले न्युजिल्यान्डका ज्याक्स रुपमाथि ६-० र ६-३ को जित दर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *