इ‌ङ्ग्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत गराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीसँँग १-१ गोलको बराबरी खेलको छ ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले अग्रता लिएको थियो । ७०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा युनाइटेडलाई अग्रता दिलाएका थिए ।

त्यसको ४ मिनेटपछि नै चेल्सी मोइसेस काइसेडोको गोलमार्फत खेल बराबरीमा पुर्यायो ।

यो बराबरीसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन् । जारी लिगमा चेल्सी १० खेलबाट १८ अंकसहित चौथो स्थानमा छ । समान खेलबाट १२ अंक जोडेको युनाइटेड १३औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *