पाकिस्तानविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया २ विकेटले विजयी भएको छ ।
पाकिस्तानले दिएको २०४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेट गुमाए २०४ बनायो ।
अस्ट्रेलियाका लागि जोश इङ्लिसले ४९, स्टिभ स्मिथले ४४, कप्तान प्याट कमिन्सले अविजित ३२, ज्याक फ्रेसर म्याकग्रुक र मार्नुस लाबुसेनले समान १६, सेन एबोटले १३ र आरोन हार्डीले १० रन बनाए ।
तेस्रो विकेटका लागि इङ्लिस र स्मिथले ८५ रनको साझेदारी गरे। पाकिस्तानका लागि हरिस रौफले तीन, शहिन शाह अफ्रिदीले दुई तथा नसिम शाह र मोहम्मद हस्नैनले समान एक विकेट लिए ।
त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हरेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।
पाकिस्तानका लागि ब्याटिङतर्फ कप्तान मोहम्मद रिजवानले ४४, निशम शाहले ४०, बाबर आजमले ३७, शहिन शाह अफ्रिदीले २४, इर्फान खानले २२ तथा अब्दुल्लाह शफिक र सलमान अघाले समान १२ रन बनाए ।
बलिङतर्फ अस्ट्रेलियाका लागि मिचेल स्टार्चले तीन, एडम जाम्पा र प्याट कमिन्सले समान तीन तथा सेन एबोट र मार्नुस लाबुसेनले समान एक विकेट लिए ।
यश जितसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो एकदिवसीय शुक्रबार हुनेछ ।
