म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा आइतवार लेस्टर सिटीमाथि सहज जित दर्ता गरेको छ ।
युनाइटेले घरेलु मैदानमा लेस्टरलाई ३-० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा बुर्नो फर्नान्डिज र एलेक्जेन्डर गोर्नाचोले गोल गरे । १ गोल भने लेस्टरले उपहार स्वरुप दिएको थियो ।
खेलको १७औं मिनेटमा फर्नान्डिजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
३८औं मिनेटमा लेस्टरका भिक्टर क्रिस्टिसेनले आत्मघाती गोल गर्दै युनाइटेडको अग्रता दोब्बर भयो । ८२औं मिनेटमा गोर्नाचोले गोल गर्दै युनाइटेडको जित निश्चित गरे ।
जितसँगै युनाइटेडको ११ खेलबाट १५ अंक सहित लिगको १३औं स्थानमा छ । समान खेल खेलेको पराजित लेस्टर १० अंक सहित लिगको १५औं स्थामा छ ।
यस्तै आइतबार नै भएको खेलमा इप्सविच टाउनले टोटेनहामलाई २-१ ले स्तब्ध बनायो भने न्युक्यासल युनाइटेडले नटिङ्घम फरेस्ठलाई ३-१ ले हरायो ।
