युरोपा लिगमा युनाटेडको पहिलो जित

२०८१, २३ कार्तिक शुक्रबार ०९:२९

इ‌ङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा पहिलो जित हात पारेको छ ।

शुक्रवार विहान सम्पन्न खेलमा युनाईटेडले ग्रीक फुटबल क्लब पाओकेलाई २-० ले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन दुवै गोल अमाद डायलोले गरे ।

डायलोले ५०औं र ७०औं मिनेटमा टोलीको लागि निर्णायक गोल गरे । घरेलु मैदानमा भएको लिगको चौथो खेलमा युनाइटेडले जितविहीन यात्रा टुंगाएको हो। यसअघि भएका तीन खेलमा युनाइटेड बराबरीमा रोकिएको थियो।

जित पछि युनाइटेड ४ खेलमा ६ अंकका साथ १५औं स्थानमा उक्लिएको छ । पराजित पाओके समान खेलबाट १ अंक जोड्दै ३३औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *